कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्ने, तर राजीनामा नदिने

45Shares
कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्ने, तर राजीनामा नदिने

विहिवार, १४ असार, २०८०

बिराटनगर,

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् ।

१७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । उक्त बैठकमा विश्वासको मत माग्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

नेकपा एमाले संसदीय दलको बैठकले आफ्ना सांसदलाई बिहीबार दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेशसभा भवन अगाडि उपस्थित हुन निर्देशन पनि जारी गरेको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा ४६ मत छ ।

प्रतिपक्षी गठबन्धनको बैठकले भने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको छ ।