ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना रिहा

45Shares
ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना रिहा

मंगलवार, १२ असार, २०८०

काठमाडौं,

ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेर स्टे अर्डर लिएका ३ जना रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा सुरेन्द्रमान कपाली, र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर मंगलबार रिहा गरेको हो ।

उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ ।