बुधवार, ६ असार, २०८०
काठमाडौं,
मध्यपहाडी लोकमार्गस्थित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–५ बिहुँमा जिप दुर्घटना भएको छ ।
ग १ च ९४८५ नम्बरको उक्त पिकअप जिप सडकदेखि ५ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गलकोटदेखि बागलुङमा बेच्नका लागि सामान बोकेर हिँड्ने क्रममा जिप बुधबार बिहान अनियन्त्रीत भएर ठूलोढुंगा देखि ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बागलुङले नयाँ शिरालाई जानकारी दिएको छ ।
मृतकको संख्या खुले पनि मृतकको पहिचान भने भएको छैन । घटनास्थलमा प्रहरी चौकी धम्जा र प्रहरी चौकी अक्षेतेको टोली पुगेर उद्धार गरिरहेको छ ।