शुक्रवार, १ असार, २०८०
काठमाडौं,
हिजो (बिहीबार) सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज संसदीय सुनुवाइ समितिकोे बैठकमा पनि बोलाइएको छ ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए । आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।
बैठक आज बिहान ८ बजेका लागि बोलाइएको छ । कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।