वडाध्यक्ष र सचिव ७० हजार घुससहित अख्तियारकाे नियन्त्रणमा

वडाध्यक्ष र सचिव ७० हजार घुससहित अख्तियारकाे नियन्त्रणमा

बुधवार, जेठ ३१, २०८०

काठमाडौं,

७० हजार रुपैयाँ घुस लिने वडाध्यक्ष र सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

सडकको निर्माण कार्य सम्पन्न भएको सिफारिस गरिदिएबापत धनुषाको नगराइन नगरपालिका– २ का वडाध्यक्ष बुलन यादव र सचिव अमृतनारायण मिश्रलाई घुस लिने क्रममा अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

वडाध्यक्ष यादव र सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न भएको सिफारिसबापत घुस मागेका थिए । दुवैलाई अख्तियारको बर्दिवास कार्यालय टोलीले आज नगराइन चोकबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।