सोमवार, जेठ २९, २०८०
स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको लु. १ च ६३४५ नम्बरको कार आज दिउँसो साढे ३ बजेतिर प्युठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार कारमा आठजना सवार थिए । दुर्घटनामा सबैजनाको ज्यान गएको हो । मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको छ । एकजनाको पहिचान खुल्न बाँकी छ । मृत्यु भएका सबै दाङवासी हुन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १५ कोठरीकी ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल र ९ वर्षीय विकास, गाडीचालक लमही नगरपालिका– ५ का ताराबहादुर कुमाल, गढवा गाउँपालिका– ५ बाँकीका ४० वर्षीय गोविन्द शाह, उनी श्रीमती ३० वर्षीया राधा शाह, ९ वर्षीय छोरा आदित्य छन् । एक बालकको सनाखत हुन सकेको छैन ।
कार उपल्लो घुम्तीबाट अर्काे घुम्तीमा खसेर कच्याकुच्चुक भएको थियो कारभित्रै सबै यात्रु च्यापिएका थिए । सबैलाई डोजरको प्रयोग गरी निकालेर अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।