सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न जिल्ला प्रशासन कार्यलयलाइ पुरातत्व विभागकाे परिपत्र

786Shares
सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न  जिल्ला प्रशासन कार्यलयलाइ पुरातत्व विभागकाे परिपत्र

सोमवार, जेठ २९, २०८०

काठमाडौं,

आइतबार पुरातत्व विभागले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न परिपत्र गरेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपाको भैंसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने काम तिव्र रुपमा भइरहेको छ बाटो विस्तार गर्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न विभागले परिपत्र गरिएको विभागका अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए ।

बाँस्कोटाका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्न समेत आग्रह गरिएको र विभागले राजमार्ग अन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ ।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गत फागुनदेखि शुरू गरिएको थियो । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कुल १५.५ किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।