आइतवार, २८ जेठ २०८०
कालीकोटमा शनिबार राति साढे ११ बजे जिप दुर्घटना भएको छ ।
शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च ८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका वडा नम्बर ८ का म ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ।
दुर्घटनाबारे थप अनुसन्धानका भईरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।