बिहिवार, २५ जेठ, २०८०
कालिकोटमा जिप दुर्घटना हुँदा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कमा ब्याक गर्ने क्रममा दुर्घटना भएको र घटनाको थप अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।