सिटिइभिटीको गाडी सुनकोसीमा दुर्घटना, तीन कर्मचारी बेपत्ता

45Shares
सिटिइभिटीको गाडी सुनकोसीमा दुर्घटना, तीन कर्मचारी बेपत्ता

शुक्रवार , १९ जेठ २०८०,

वि.पि राजमार्ग अन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खसेको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका थिए । गाडीचालक कृष्णबहादुर चौधरी भने पौडिएर निस्कन सफल भएका छन् । स्थानीय र प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ । गाडी भने पूरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए ।