प्रदेश नामाङ्करणका कारण कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

780Shares
प्रदेश नामाङ्करणका कारण कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

बुधबार, जेठ १७, २०८०,

कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि पुस २५ गते मन्त्री नियुक्त भएकी उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् । कोशी नामकरणको विपक्षमा रहेको जसपाले पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् ।

सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन् । उनले पहिचान पक्षधरहरूलेआफ्नो चरित्र हत्या गरेको बताइन् ।

’पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य भयौं’ जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले भने ।

आइतबार पहिचान पक्षधर आन्दोलन कर्ताहरुले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।