शुक्रवार, १२ जेठ २०८०,
काठमाडाैं,
जनमत पार्टीको शुक्रबार बसेको बैठकले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने भएको छ । पार्टी महासचिव चन्दन सिंहका अनुसार प्रतिनिधिसभामा सांसदको भूमिका प्रभावकारी रुपमा निर्वाह नगरेकाले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेकोे हो ।
’पार्टी बैठककोे निर्णयअनुसार उनीहरुलाई फिर्ता बोलाइन्छ’ उनले भनिन् । सिंह र मुर्मू समानुपातिकतर्फबाट सांसद छन् ।
बैठकले पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै रहेको पनि उनले बताइन् ।