आइतबार,७ जेष्ठ, २०८०,
काठमाडौं,
प्रतिनिधि सभामा आजबाट सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।
छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त सुझाव सङ्कलन तथा संशोधन पनि प्रस्तुत हुनेछ ।
छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।
त्यसपछि आर्थिक वर्ष २०८०/८१ को बजेट जेठ १५ गते सरकारले प्रस्तुत गर्नेछ ।