भारतले अवरोध गरेपछि चिनबाट थालियो विस्फोटक पदार्थको आपुर्ति

33Shares
भारतले अवरोध गरेपछि चिनबाट थालियो विस्फोटक पदार्थको आपुर्ति

बिहिवार, २५ जेठ, २०८०

काठमाडौं,

भारतले विस्फोटक पदार्थ नेपाल ल्याउन अवरोधगरेपछि चीनबाट विस्फोटक पदार्थ आपूर्ति थालिएको छ । निजी क्षेत्रका व्यवसायीहरुले विकास निर्माणका परियोजनामा प्रयोग हुने विस्फोटक पदार्थ आपूर्तिमा भारतले अवरोध गरेपछि चीनबाट भित्र्याउन सुरु गरेका हुन् ।
भारत सरकारको ९ महिनादेखिको निरन्तरको अवरोध पछि पछिल्लो केही दिनमा निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरेका हुन् ।

आयातकर्ता एक व्यवसायीले भने ‘भारतीय अवरोधका कारण शिथिल बनेका परियोजनाहरुका लागि वैकल्पिक माध्यमबाट विस्फोटक पदार्थ आयात थालिएको छ । पहिलो लटमा ९० र दोस्रो लटमा १४० मेट्रिक टन विस्फोटक पदार्थ नेपाल भित्रिएका छौँ ।’

चीनको स्थलमार्गमार्फत् रसुवा नाका भएर सो विस्फोटक पदार्थ भित्रिएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । सो विस्फोटक पदार्थ चिनियाँ ठेक्काका विकास र औद्योगिक परियोजनामा प्रयोग हुनेछ ।

’गृह मन्त्रालय स्रोतले भन्यो, ‘अब विस्फोटक पदार्थ भित्रिन सुरु भएको छ । यसले तत्कालको अभाव टार्नेछ र दीर्घकालीन आयातको बाटो पनि खुल्नेछ ।’

‘भारतको अवरोध पछि आयातका लागि कार्यविधि संशोधन गरेर सरकारले पनि सहयोग गरेको थियो,

मन्त्रालयकाअनुसार चिनयाँ नाका भएर विस्फोटक पदार्थ आयात गर्दा हालको लागत १.६ प्रतशितले महँगो भएको छ ।
भारतीय पक्षले ९ महिनादेखि नेपालमा विस्फोटक पदार्थ र यसको कच्चा पदार्थ आयातमा अवरोध गरिरहेको छ । चिनीयाँ आयोजनालाई प्रभावित गर्ने उद्देश्यले भारतले गरको अवरोधले नेपाली सेनाको आयोना, विस्फोटक पदार्थ आयात र उत्पादन समेत प्रभावित बनेको छ ।