मंगलबार, जेठ १६, २०८०,
काठमाडाैं,
काठमाडौं महानगरपालिकाले जेठ १३ गते सरसफाइ कार्यक्रम सञ्चालन ग¥यो । उक्त कार्यक्रम सञ्चालन गर्नका लागि महानगरले प्रत्येक वडालाई एक÷एक लाख रुपैयाँ बाँड्ने निर्णय गरेको थियो । सोही बजेट मार्फत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको महानगरको भनाइ छ । जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष पुरा भएको दिन पारेर महानगरले सो सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रमका लागि ९ जेठमा सबै वडासचिवहरुलाई पत्र लेख्दै १३ जेठमा सरसफाइ कार्यक्रम सञ्चालन गर्न एक/एक लाख रुपैयाँका दरले ३२ वटा वडाका लागि ३२ लाख रूपैयाँ विनियोजन भएको सूचना महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पठाएका थिए ।
शहरका विभिन्न सार्वजनिक ठाउँमा गरिएका विशेष सरसफाइबाट ६८ गाडी फोहोर संकलन गरिएको थियो । वातावरण व्यवस्थापन विभागका अनुसार महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ गाडी फोहोर संकलन गरेर करिब ११८ मेट्रिक टन फोहोर व्यवस्थापन गरेको थियो ।
रकम विनियोजनको मुख्य कारण सफाइका लागि प्रयोग हुने ब्रुमर, जेटसहितका उपकरण परिचालन जनाइएको छ । ’खर्च यस्तै उपकरणमा हुन्छ’ महानगरले भन्यो । फ्रुटी, मास्क, पञ्जा जस्ता कुराहरुमा पनि खर्च भएको महानगरका वडाध्यक्षहरु बताउँछन् ।
महानगरको सरसफाइलाई दिर्घकालिन योजना बनाई प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी स्वरुप कामगर्नुपर्ने र महानगरका नागरिक र जनप्रतिनिधिहरुले स्वंयसेवकको रुपमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ३२ लाख खर्चिनुलाई महानगरका स्थानीय र सरोकारवालाहरुले यसलाई फजुल खर्च भन्दै महानगरको आलोचना गरेका छन् ।