मंगलबार, जेठ १६, २०८०,
काठमाडाैं,
आसन्न भारत भ्रमणका विषयमा संसद्लाई जानकारी गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत भ्रमणमा जलविद्युत निर्यातका विषयमा छलफल हुने बताएका छन् । प्रचण्डले भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातका विषयमा ठोस छलफल हुने बताए ।
‘भारतको भूमि हुँदै बंलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत यो पटक ठोस कुरा हुने छ । महाकाली पश्चायत २६ वर्ष बितिसक्दा समेत पञ्चेश्वर परियोजना प्रगति हुन सकेको छैन । सिचाई र जलविद्युतका लागि महाकाली नदीको पानी समान र साझा उपयोग हुने गरी डिपीआरलाई टुंगोमा पुर्याइने छ’ प्रचण्डले भने,
‘दुई पक्षीय वार्ताको माध्यमबाट तयार गरिएको नयाँ पारवहन सम्धीलाई टुंगोमा पुर्याउने प्रयास समेत यस छलफलमा हुने छ ।’
यस्तै प्रचण्डले ‘नेपालका नदीहरूमा विभिन्न जलविद्युत आयोजना नेपालको हित सुनिश्चित हुनेगरी भारतीय लगानी भित्र्याउने दुई पक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायत संरचना निर्माणका विषयमा छलफल हुने छन् । जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने हाम्रो प्राथमिकताको विषय हुने बताए ।
इतिहासदेखि नै थाती रहेका सीमा विवादका विषयहरू सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउन गरी पनि छलफल गर्ने उनले बताए ।