उर्जामा लगानी २१ अर्वले घट्यो

75Shares
उर्जामा लगानी २१ अर्वले घट्यो

मंगलबार, जेठ १६, २०८०,

काठमाडाैं,

नेपाल सरकारका अर्थ मन्त्री डा प्रकाशसरण महतले सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए । बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको हो ।

चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै जलस्रोत तथा सिचाइ तर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।