करिब ३४ अर्ब बराबरको बजेट ल्याउदै लुम्बिनी प्रदेश सरकार

36Shares
करिब ३४ अर्ब  बराबरको बजेट ल्याउदै लुम्बिनी प्रदेश सरकार

२ जेष्ठ बुटवल – लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउन लागेको हो।

स्रोतका अनुसार  गत आ ब को भन्दा २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ। ‘राजस्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ, स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको ८० प्रतिशतमात्रै बजेट ल्याउने गरी मन्त्रालयलाई मार्गदर्शन गरिएको छ।’ स्रोतको भनाइ छ ।

गत ०७९/८० को आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो। तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको बताइएको छ ।

रोजगारी , समृद्धि  र गरिबी निवारण नै संघीय सरकारको प्राथमिकता रहेकाले यसकै सेरोफेरोमा बजेट आउने  तर त्यो कुरा नीति तथा कार्यक्रमपछि मात्रै थाहा हुने जनाइएको छ ।