कर्मचारीको महँगि भत्ता र पोशाक भत्ता काट्ने तयारी

768Shares
कर्मचारीको महँगि भत्ता र पोशाक भत्ता काट्ने तयारी

३१ बैशाख काठमाडौं – नयाँ  आर्थिक वर्ष २०८०–८१ को बजेटको पहिलो मस्यौदा  लेखन सुरु भएको छ । बजेट लेखन टोलीले ढोका बन्द गरेर लेखन सुरु गरेको हो ।अर्थ मन्त्रालयमा गठन गरिएको बजेट टिमले अर्थसचिव अर्जुन पोखरेलको बैठक कक्षमा बसेर बजेटको मस्यौदा लेखन सुरु गरेको छ ।

आ ब ०८०/०८१ मा सरकारी कर्मचारीले पाउँदै आएको महँगी भत्ता र वार्षिक रुपमा प्राप्त गर्दै आएको पोषाक भत्ता भने कटौती गर्ने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

परिस्थिति यस्तो निर्माण भयो कि निर्मम भएर खर्च कटौति गर्नुपर्ने समयमा ठूलो बजेटको अभ्यासले मुलकलाई आन्तरिक तथा बाह्य ऋणको झन् ठूलो भारी बोक्नु पर्ने देखिएको छ । चालु वर्ष नै आन्तरिक तथा बाह्य ऋण २० खर्ब नाघिसकेको छ । राजश्व संकलनमा आएको गिरावट अर्को आर्थिक बर्षमा पनि कायम रहनसक्ने अहिलेको विषयम आर्थिक अवस्थाले देखाएको छ ।

राजस्वमा आएको ठूलो गिरावटले स्रोतको सजिलै अनुमान गर्नसक्ने स्थिति छैन् । सुरुमा सानो आकारको मात्रै बजेट निर्माण गर्ने तयारी गरेको मन्त्रालयले पछिल्लो समय ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष जथाभावी बजेट विनियोजन गर्ने छुट अर्थ मन्त्रालयलाई छैन्।