दीपककुमार शर्मा
८ गते मंसिर बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा न ४ खेलमैदानमा मिति २०८१ साल मंसीर १४ गते निर्माण सम्पन्न गरी संचालनमा आएको लन टेनिस कोर्डमा यहि मिति २०८३ साल मंसीर ८ गते आज देखी मंसीर १४ गते सम्म सचालन हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत टेनिस खेल प्रतियोगीताको आयोजना हुदैछ । प्रतियोगीतामा ७ वटा प्रदेश , ३ वटा विभागीय टिम र १ वटा एनआरएनको टिम सहित ११ वटा टिमको सहभागीता रहने छ । प्रतियोगीतामामा प्रत्येक प्रदेशबाट ५ जना महिला र ५ जना पुरुष गरी एउटा प्रदेशबाट १० जना खेलाडीले भाग लिने छन । यसंरी हेर्दा ७ । प्रदेश, ३ विभागीय टिम र एक एनएनआरको टिम संहित १ सए १० जना खेलाडीको संहभागीता हुने छ भने ,प्रत्येक टिममा म्यानेजर, कोच र व्यवस्थापकको पनि सहभागीता रहने छ ।
स्थापनाको छोटो समयमै बर्दिया बाट २ जना खेलाडी छनौट भई १० औं राष्ट्रिय खेलकुद प्रतियोगीतामामा प्रतिस्पर्धा गर्नका लागी बर्दिया गुलरिया नगरपालिका ५ निवासी मेघेन्द्र गीरी र बर्दिया गुलरिया नगरपालिकाका सुमन चौधरी रहनु भएको छ । । आशा छ प्रतियोगीतामामा हाम्रा बर्दियाका खेलाडीले केहि नतिजा निकाल्न सक्ने बर्दिया जिल्ला टेनि संघका अध्यक्ष दीपककुमार शर्माले बताउनु भयो ।कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गतका खेलहरू कर्णालीका ५ र लुम्बिनी प्रदेशका २ गरी कुल ७ स्थानमा सञ्चालन हुने छ ।राष्ट्रिय खेलकुद परिषद् राखेपले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै खेलाइने छ ।
कुन जिल्लामा कुन र कति खेल
सुर्खेत २३ खेल
प्रतियोगिताको मुख्य केन्द्र सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्याण्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्वी, साइक्लिङ, इ–स्पोर्टस् र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन्। सुर्खेतको मुख्य रंगशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेबिहार र छिन्चु लगायतका स्थानमा यी खेल खेलाइनेछ।
नेपालगञ्ज २ खेल
पूर्वाधारको उपलब्धतालाई ध्यान दिँदै बाँकेको नेपालगञ्जमा पौडी र सुटिङका प्रतिस्पर्धा सञ्चालन गरिनेछ।
बर्दिया २ खेल बर्दियामा टेनिस र खो–खो मुरीघाट का खेलहरू आयोजना हुनेछन्।सल्यान २ खेल सल्यानको श्रीनगर कभर्डहलमा कुस्ती र जुडोका खेलहरू सञ्चालन हुने तालिका छ।दैलेख १ खेल दैलेखको नारायण कभर्डहलमा आई।टि।एफ। तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ।कालीकोट १ खेल कालीकोट कभर्डहलमा बुद्धिचाल चेस खेल आयोजना गरिनेछ। पश्चिम रुकुम १ खेल पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन बडीबिल्डिङ को प्रतिस्पर्धा हुनेछ।
उद्घाटन अघि नै १० खेल सुरु हुने
आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ।यद्यपि, उद्घाटनको आठ दिनअघि अर्थात् मंसिर ८ गतेदेखि नै भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिस लगायतका १० खेल सुरु भइसक्नेछन्।सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ।