५ मंसीर दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा बुवाले बन्चरो प्रहार गर्दा घाइते भएका चारजनामध्ये दुई बालबालिकाको मृत्यु भएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान घरायसी विवादका क्रममा बन्चरो प्रहार गर्दा उनकी १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको हो ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका दुवै बालबालिकालाई उपचारका लागि दुल्लु नगर अस्पताल पुर्याइएको थियो । चिकित्सकले बिहान ११ः१० बजे उनीहरूलाई मृत घोषणा गरेका हुन् ।घटनामा अम्बरकी ३५ वर्षीया श्रीमती मनिषा सलामी र ६ वर्षीय छोरा मिलन सलामी घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ ।