५ मंसिर दैलेख ।दैलेखमा बन्चरो प्रहारबाट एकै परिवारका चार जना घाइते भएका छन । दैलेखको चामुन्डा बिन्दासैनी नगर पालिका वडा।३ पानिखोला गाउँमा श्रीमानको वञ्चरो प्रहारबाट श्रीमति सहित दुई छोरा र एक छोरी घाईते भएका छन ।
३८ वर्षिय अम्बर सलामी मगर ले घरायसी सामान्य बिबाद हुदा आफ्नै श्रीमती ३५ वर्षिय मनिसा सलामी मगर र छोरा १२ वर्षिय को तपेन्द्र सलामी , ६ वर्षिय मिलन सलामी र छोरी ३ वर्षिय करिस्मा सलामी लाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार घाइते बनाएका छन । घाइतेलाई उपचारको लागि नगर अस्पताल दुल्लु दैलेख तर्फ लगिदै गरेको हाडाकोट प्रहरी चौकिले जानकारी दिएको छ । घाईतेहरुको अवस्था चिन्ताजनक रहेको छ ।