विद्यालयको चरम लापरवाही, कक्षाकोठाको दराज पल्टँदा च्यापीएर विद्यार्थीको मृत्यु

विद्यालयको चरम लापरवाही, कक्षाकोठाको दराज पल्टँदा च्यापीएर विद्यार्थीको मृत्यु

५ मंसिर बर्दिया । बर्दियामा कक्षा कोठाको दराज पल्टँदा एक विद्यार्थिको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं ३ जानकी माध्यमिक विद्यालय सिरकोहिया बालविकासमा पढ्ने पाँच वर्षिया बालिका रिद्धि तमौलीको मृत्यु भएको हो । विद्यालयको कक्षाकोठामा राखिएको दराज ढलेर चोट लागेपछि उपचार गर्न लैजाने क्रममा बालिकाको मृत्यु भएको विद्यालयले जनाएको छ ।

बालिका बालविकासमा अध्ययन गर्ने भएपनि कक्षा दुईमा राखिएको दराजले चोट लागेको परिवारले जनाएको छ । बालिकाका बुवा राम निरञ्जन तमौलीले विद्यालयको लापरवाहीको कारणले बालिकालाई चोट लागेको बताउनु भएको छ ।विद्यालयका प्रधानाध्यापक भुपेन्द्र कुमार यादवले कक्षा १० मा पढ्ने विद्यार्थीले बालिकालाई चोट लागेको भनेर बोकेर ल्याएपछि थाहा पाएको बताउनु भयो ।