नेपाल भारत ‘ए’सँग लज्जास्पद हार

नेपाल भारत ‘ए’सँग लज्जास्पद हार

५ मंसिर काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ ।खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको हो । ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११।३ ओभरमा २६ रनमै अलआउट भयो । नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका पाँच ब्याट्सम्यान शून्य रनमै आउट भए । ओपजरद्वय कुशल भुर्तेल र अर्जुन कुमाल खाता नै नखोली आउट भए भने बसिर अहमद, लोकेश बम र सन्दीप लामिछाने पनि शून्य रनमै पभेलियन फर्किए ।पवन सर्राफ र राशिद खानले ६–६ रन जोडे भने नन्दन यादवले २ तथा प्रतिश जिसीले ४ रन जोडे ।त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रन जोड्यो ।