रजनीकान्तको ‘जेलर २’ले तोड्यो ‘धुरून्धर २’को रेकर्ड

रजनीकान्तको ‘जेलर २’ले तोड्यो ‘धुरून्धर २’को रेकर्ड

१ कार्तिक काठमान्डौ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको एक्सन ड्रामा चलचित्र ‘जेलर २’ले बक्स अफिसमा शानदार कीर्तिमान कायम गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।नेल्सन दिलीपकुमारद्वारा निर्देशित यो चलचित्र अक्टोबर १५ मा प्रदर्शनमा आएको थियो र यसले भारतमा आफ्नो पहिलो दिनमै ५९ करोड ७० लाख रुपैयाँ खुद कमाइ नेट कलेक्सन गरेको छ ।व्यापार सम्बन्धी वेबसाइट ‘सकनिल्क’का अनुसार यस चलचित्रले देशभरका १६ हजार ५९९ शोहरूबाट ७० करोड २५ लाख रुपैयाँ कुल घरेलु कमाइ ग्रस कलेक्सन गरेको छ भने विदेशबाट ५५ करोड रुपैयाँ आर्जन गरेको छ ।

यसरी, प्रदर्शनको पहिलो दिनमै चलचित्रको विश्वव्यापी कमाइ १ अर्ब २५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।जेलर २’ले यसै वर्षको जनवरीमा रिलिज भएको ‘धुरन्धर २’को विदेशमा भएको कमाइको रेकर्ड तोडेको छ । ‘धुरन्धर २’ले आफ्नो प्रदर्शनको पहिलो दिन विदेशमा ५२ करोड रुपैयाँ कमाएको थियो भने ‘जेलर २’ले ५५ करोड रुपैयाँ कमाएको छ ।विश्वभर कुल १ अर्ब २५ करोड २५ लाख रुपैयाँ कमाउँदै यसले रणवीर कपूरको चलचित्र ‘एनिमल’ जसले विश्वभर ११६ करोड रुपैयाँको ओपनिङ गरेको थियोको रेकर्डलाई समेत उछिनेको छ । यो चलचित्र हेर्न पहिलो दिन करिब ३७ लाख ४६ हजार ७३४ दर्शक हलमा पुगेका थिए ।