३० आश्विन काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।७१ औं प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए ।
‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको ७१ औं प्रहरी दिवसका अवसरमा उनले राष्ट्रसेवाका क्रममा हालैको भोटेकोशी, त्रिशूली विपद्लगायत विभिन्न कालखण्डमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।