२० असोज बाँके । बाँकेको कोहलपुरमा एक जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।केहि दिन पहिले कोहलपुर स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी २२ वर्षीय युवतीको संवेदनशील अंगमा छोएको आरोपमा पिटिएका स्वास्थ्यकर्मी सीएमए गणेशबहादुर थापा प्रहरी हिरासत पुगेका छन् । उनीमाथि जबरजस्ती करणीको आरोप लगाइएको छ ।यही असोज १७ गते शनिबार सो पोलिक्लिनिकमा उपचारका लागि आएकी युवती रकम तिरेर सहजरुपमा फर्केकी थिइन् । तर, आधा घन्टापछि अभिभावक र केही मिडियाकर्मी साथ लिएर उनी त्यहाँ फर्किइन् । युवतीसँगै गएकी एक महिलाले स्वास्थ्यकर्मीले बिरामीको गोप्य अंगमा छोएको भन्दै झापड हानेको भिडिओ सार्वजनिक भएको छ ।
झापड हान्ने महिला पीडित भनिएकी युवतीको रोजगारदाता हुन् । उनले ४ वर्षअघि आफूलाई पनि ती स्वास्थ्यकर्मीले यसैगरी दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । पिटाइ खाने स्वास्थ्यकर्मीलाई डाक्टर भनिएपनि उनी डाक्टर नभएर सिएमए गरेका व्यक्ति हुन् ।पेट दुःखेर र सेतोपानी बगेर उपचारका लागि पुगेकी युवतीलाई डाक्टरले जबर्जस्ती सुरुवाल खोलेर गोप्य अङ्गमा हात लगाएको दाबी गरिएको छ ।पिटाइ खाने ६३ बर्षिय स्वाथ्यकर्मीले भने बिरामीले सेतो पानी बग्ने, गानोगोला भएको र तल्लो पेट दुखेको बताएकाले निजकै आग्रहमा चेक गरेको बताएका छन् । आफूले गलत नियतले नछोएको उनको भनाइ छ ।बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरले कोहलपुर नगरपालिका वडा नं ११ रेडक्रसरोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी युवतीको गोप्य अंग चलाएको सम्बन्धमा सार्वजनिक भिडियोका आधारमा पीडितबाट जबरजस्ति करणीको जाहेरी आएको जनाएका छन् ।परिषद नियामक निकाय भएकाले दुवै पक्षको कुरा बुझेर स्थलगत अध्ययनपछि मात्रै दोषी ठहर गर्न सकिने उनको भनाइ छ ।