झलनाथ खनालले नेकपा छोडे !

झलनाथ  खनालले नेकपा छोडे !

१९ असोज काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।खनाललाई हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेताले साथ दिएका छन् ।

उनको नेतृत्वमा शनिबार भेलासमेत गरी अभियान चलाउने निर्णय गरिएको थियो । सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा आज सार्वजनिक गरिएको हो ।