१९ असोज काठमान्डौ । बलिउड सिनेमा ‘दृश्यम–३’ले बक्सअफिसमा आक्रामक कलेक्सनलाई निरन्तरता दिएको छ । यो चलचित्रले आइतबारसम्म भारतमा १७१ करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट सुमित कँडेलका अनुसार ‘दृश्यम–३’ले पहिलो दिन शुक्रबार ६१ करोड, दोस्रो दिन शनिबार ५१ करोड र तेस्रो दिन आइतबार ५९ करोड ग्रसकलेक्सन गरेको छ ।अजय देवगन स्टारर ‘दृश्यम ३’ले आफ्नो पहिलो भाग ‘दृश्यम’को लाइफटाइम कलेक्सनलाई दुई दिनमै उछिनेको छ ।अभिषेक पाठक निर्देशित ‘दृश्यम–३’मा अजय देवगनसँगै तब्बु, श्रिया सरन, जयदीप अहलावत, इसिता दत्ता, रजत कपुर, प्रकाश राजलगायत कलाकारको अभिनय छ ।