उज्यालो नेपाल पार्टीको लुम्बिनीमा प्रदेश कार्यालय लमहीमा

उज्यालो नेपाल पार्टीको लुम्बिनीमा प्रदेश कार्यालय लमहीमा

१४ असोज दाङ । उज्यालो नेपाल पार्टीको लुम्बिनी प्रदेश कार्यालय दाङको देउखुरी उदघाटन गरिएको छ ।
दाङको लमहीमा विधिवत् रूपमा एक विशेष समारोहका बीच पार्टीका महासचिव धर्म चौधरीले कार्यालयको उद्घाटन गर्नु भएको हो ।पार्टीका प्रदेश अध्यक्ष हरि थापाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा महासचिव धर्म चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।महासचिव चौधरीले उज्यालो नेपाल पार्टी नै नेपाली जनताको एकमात्र भरोसायोग्य पार्टी भएको दाबी गरे। उनले पार्टीले वाद र प्रतिवादको पुरानो राजनीतिलाई त्यागेर संवादको नयाँ बाटो रोजेको स्पष्ट पारेका थिए।‘जनताका हरेक समस्या र अन्तर्विरोधहरूलाई संवादकै माध्यमबाट हल गर्न सकिन्छ,’ महासचिव चौधरीले भने, ‘देशमा सुशासन, समृद्धि र सामाजिक न्याय स्थापना गर्नु नै हाम्रो मुख्य लक्ष्य हो।’उनले देश निर्माण गर्ने महाअभियानमा जुट्न सम्पूर्ण नेपालीहरूलाई ‘उज्यालो अभियान’मा जोडिन आह्वान गरेका थिए।

समारोहमा जलवायु परिवर्तनको विश्वव्यापी संकट र नेपालले भोगिरहेको चुनौतीबारे चर्चा गर्दै पार्टीका तर्फबाट महत्त्वपूर्ण नीतिगत एजेन्डा समेत सार्वजनिक गरियो।वैश्विक तापमान वृद्धि ग्लोबल वार्मिङ को बढ्दो प्रभाव र यसका चुनौतीहरूको दीर्घकालीन समाधान खोज्दै पार्टी अध्यक्ष एवं ‘उज्यालोका नायक’ कुलमान घिसिङको नेतृत्वमा पार्टीले चाँडै नै आम जनमानसमा ‘ग्रिन रिभोल्युसन’ नीति ल्याउन लागेको जानकारी गराइयो।यस नीति अन्तर्गत पर्यावरणको संरक्षण र नवीकरणीय ऊर्जाको विकासलाई प्राथमिकता दिइनेछ। विशेष गरी ‘ग्रिन वाटर’ को सही र वैज्ञानिक सदुपयोग गरेर देशलाई आर्थिक रूपमा आत्मनिर्भर र समृद्ध बनाउन सकिने बलियो मार्गचित्र पार्टीले अघि सारेको छ।उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य शरद बन्धु डी।सी।, दाङ जिल्लाका अध्यक्ष मधुकर न्यैपाने सुधाकर लगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।