१२ असोज काठमान्डौं । गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क छ भन्दै अडिओ संवाद गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज घर भई कागेश्वरी मनोहरा बस्ने आशीष मल्ल भन्ने धर्मराजलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सोधपुछ गर्न खोज्दा खटिएको प्रहरी टोली उपर गाली गलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।मल्लमाथि बाँकेमा ६ वटा मुद्दा विचाराधीन रहेको पाइएको छ ।उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन २ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।सीएसआर अभिलेखमा निम्म मुद्दा देखिएको प्रहरीले बताएको छ । –