रोमान्टिक गीत ‘कहिले होला’ सार्वजनिक

रोमान्टिक गीत ‘कहिले होला’ सार्वजनिक

१२ आश्विन काठमाडौं । गायक रोनन सुब्बा र गायिका समीक्षा अधिकारीको स्वरमा रोमान्टिक युगल गीत ‘कहिले होला’ म्युजिक भिडियो सार्वजनिक भएको छ । रोननकै शब्द ,संगीत रहेको गीतलाई देवेश राइले एरेन्ज गरेका हुन् ।गीतको भिडियोलाई रोननको अफिसियल युट्युव च्यानल ‘रोनन सुब्बा’मार्फत सार्वजनिक गरिएको हो ।

नायक आकाश श्रेष्ठ, नायिका गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको प्रेमिल शैलीको भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ ।निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा रोशन बिकेको कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको छ ।