अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

१० आश्विन काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट दर्शकमाझ लोकप्रिय बनेका अभिनेता मुश्ताक खानको बिहीबार साँझ क्यान्सरका कारण निधन भएको छ ।अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै लामो समयदेखि चलचित्र तथा रंगमञ्चमा सक्रिय एक परिचित कलाकारको यात्रा टुंगिएको छ ।उनका छोरा मोहसिनले बताएअनुसार, अस्पताल भर्ना हुनुअघिसम्म उनी पूर्ण रूपमा स्वस्थ थिए र अभिनेता सलमान खानका अंगरक्षक शेराका छोराको डेब्यु चलचित्रको सुटिङमा व्यस्त थिए।

मुस्ताक खान विशेषगरी बलिउडका हास्यप्रधान चलचित्रमा गरेको अभिनयका कारण दर्शकमाझ चिनिएका थिए। पर्दामा उनको संवाद बोल्ने शैली, हाउभाउ र हास्य प्रस्तुत गर्ने तरिकाले दर्शकलाई आकर्षित गर्ने गरेको थियो। विभिन्न चलचित्रमा सहायक तथा हास्य भूमिकामा देखिएका उनले आफ्नै अभिनय शैलीमार्फत बलिउडमा छुट्टै स्थान बनाएका थिए।