बाँकेमा उच्च सतर्कता

बाँकेमा उच्च सतर्कता

८ असोज बाँके । यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने प्रक्षेपणपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विभिन्न क्षेत्रका कमाण्ड पोष्टको नियमित बैठक बसी जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको जानकारी दिए ।उनले वर्षाका कारण हुन सक्ने सम्भावित डुबान र बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि खोजतलास र उद्धार कार्यका लागि तयारी अवस्थामा बस्न सुरक्षा निकायलाई निर्देशन दिइएको बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति कम गर्न स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले पूर्वसूचनालाई ध्यानमा राख्दै आठ स्थानीय तहलाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनका लागि सूचित गरिएको जानकारी दिए ।    फोटो एआई बाट तयार पारिएको