पुटिनको पार्टीलाई दुईतिहाइ

पुटिनको पार्टीलाई दुईतिहाइ

६ असोज काठमान्डौ । रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ले दुईतिहाइभन्दा बढी बहुमत प्राप्त गरेको छ । अन्तिम नतिजाअनुसार युनाइटेड रसियाले ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’मा ३५५ सिट जितेको छ।

युनाइटेड रसियाले सन् २०२१ को निर्वाचनको तुलनामा आफ्नो मत प्रतिशत उल्लेख्य रूपमा बढाएको छ ।