६ असोज काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन जारी छ।कबड्डी र अन्य व्यक्तिगत विधामा एसियाली पावरहाउसहरूसँगको प्रतिस्पर्धामा नेपाली टिम पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएका छन्। पुरुष तथा महिला कबड्डी टोलीले इरान र पाकिस्तानजस्ता बलियो टिमविरुद्ध कडा टक्कर दिए पनि जित हात पार्न असफल रहे।यस्तै, सफ्ट टेनिसको मिक्स्ड डबल्समा कमल भण्डारी र जर्जिया चौधरी दोस्रो चरणबाटै बाहिरिएका छन्। पौडीमा नेपालका ४ खेलाडी हिट्स चरणबाटै बाहिरिएका छन्।

महिला ५० मिटर ब्याकस्ट्रोकमा १५ वर्षीया आर्या महर्जन, पुरुष ५० मिटर फ्रिस्टाइलमा एर्भिन श्रेष्ठ, महिला २०० मिटर फ्रिस्टाइलमा डुआना लामा, र पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा जेडेन श्रेष्ठ पराजित भए । यस्तै पदकका आशा गरिएका जुडो, बक्सिङ र तेक्वान्दोतर्फ मैदानमा उत्रिएका नेपालका अधिकांश खेलाडी पनि पहिलो तथा दोस्रो चरणकै खेलबाट बाहिरिएका छन्।