‘कबड्डी ५ कात्तिक ६ गतेदेखि प्रदर्शन हुने

‘कबड्डी ५ कात्तिक ६ गतेदेखि प्रदर्शन हुने

३ आश्विन काठमाडौं । नेपाली सिने जगतको सफल फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी दशैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि सार्वजनिक प्रदर्शन हुने भएको छ ।शुक्रबार निर्माण टिमले सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा सिनेमाका मुख्य पात्र काजी दयाहाङ राई, बिके विजय बराल र छन्त्याल बुद्धि तामाङ को चारित्रिक भेषमा प्रस्तुत भएका छन् । पोस्टरमा काजी अर्थात् दयाहाङ पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर सोचमग्न भएर बसेका छन् । उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेको दृश्य दर्शकलाई कौतुहलता जगाउने किसिमको छ ।यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’का चारै शृङ्खला बक्स अफिसमा ब्लकबस्टर बनिसकेका छन् ।