सूर्यपटुवा सिँचाइ जल उपभोक्ता समितिको अध्यक्षमा अशोक

सूर्यपटुवा सिँचाइ जल उपभोक्ता समितिको अध्यक्षमा अशोक

३ असोज बर्दिया । बर्दियाको सूर्यपटुवा सिँचाइ जल उपभोक्ता समितिको साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ।
निर्वाचनबाट अशोकराम थारु५६ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी जगत चौधरीले ३६ मत प्राप्त गर्नुभएको थियो।त्यस्तै, सचिव पदमा राजेन्द्र योगी ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ।

अन्य पदहरूमा भने सर्वसम्मत निर्विरोध रूपमा नेतृत्व चयन भएको छ। उपाध्यक्ष सीता थारु,कोषाध्यक्ष नरबहादुर थारु
सहसचिव मीना थारु  , सदस्यहरू निर्विरोध निर्वाचित हुनु भएको हो ।