३० भदौ काठमाडौं। गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ।चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २८ गते आइतबारसम्मको चलचित्र गौथली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो।जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९३ लाख ७४ हजार कमाई गरेको छ। त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ५६२ टिकट बिक्री गरेको छ।त्यसैगरी भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ।
चलचित्रले अहिलेसम्म २ करोड ५ लाख ८५ हजार कमाई गरेको छ भने अहिलेसम्म ७३ हजार २२३ टिकट विक्री भएका छन्।त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म ८५ लाख ९५ हजार कमाइ गरेको छ। यस चलचित्रले २४ हजार ४८६ टिकट बिक्री गरेको छ।यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ।