दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा

दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा

३० भदौ, काठमाडौं । ‘ग्लोब युथ पार्लियमेन्ट’का संस्थापक एवं युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी उनेपामा प्रवेश गरेका छन् ।

उनेपामा प्रवेश गरेका अर्याललाई उनेपामा प्रवेश गरेसँगै उनलाई महासचिवको जिम्मेवारी दिइएको सचिव नरबहादुर कार्कीले जानकारी दिए ।अर्यालको नियुक्तिसँगै उनेपामा अब दुई महासचिव रहने भएका छन् । उनेपाका अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई यसअघि नै महासचिव बनाएका थिए ।अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली, दुर्गा अर्याल लगायत उनेपामा प्रवेश गरेका छन् । उनीहरु पनि दिवाकरकै टिमका व्यक्तिहरु हुन् ।