‘कार्की साइँला’को ट्रेलर सार्वजनिक

‘कार्की साइँला’को ट्रेलर सार्वजनिक

२५ भदौ काठमाडौं । आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ ।निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिँकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो ।‘मुभिज डिजिटेनमेन्ट’युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला जितु नेपालको कथा वरिपरी घुमेको छ ।

भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुशीमा, त्यसमाथि गाउँलेको हेपाइ प्रवृत्तिलाई देख्न सकिन्छ । ट्रेलरमा आफ्नो मात्रै नभई अरुका लागि लमी बनेको देखिन्छन् । साथै, गाउँमा आएकी एक युवती प्रियना आचार्यको भारी बोकी दिँदा पैसा लिनै मान्दैनन् । पछि उसैसँग प्रेम विवाहपछि सन्तान बसेको ट्रेलरमा देखाइएको छ ।