२४ भदौ काठमाडौं । बाढीपीडिको सहयोगार्थ नेपाल चलचित्र कलाकार संघले रक्त संकलन गरेको छ । संघको ३८औँ स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा रंक्तदान कार्यक्रम गर्दै संघले रगत संकल नगरेको हो ।

कार्यक्रममा कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू गरेर ८६ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिए ।