फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने

फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने

२३ भदौ काठमाडौँ। फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ । फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा फिल्म बन्न लागेको हो । फिल्मको निर्देशक बिजु पार्कीले गर्दैछन् ।

निर्माण युनिटले दुई थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । पोस्टरहरूले फिल्म एक्सन र थ्रिलर जनरमा आधारित रहेको सङ्केत गरेको छ । सार्वजनिक पोस्टरमा ६ जना मुख्य कलाकारहरूलाई एउटै लाइनमा देखाइएको छ । पोस्टरको पृष्ठभूमिमा घना जङ्गल र पहाडको दृश्य छ, जसले कथाको परिवेश कुनै दुर्गम वा जङ्गली क्षेत्रसँग जोडिएको बुझाउँछ ।