२३ भदौ दाङ । तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।पहिरोमा परी मृत्यु हुनेमा तुलसीपुरस्थित ग्रेट अरनीको इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत सल्यान त्रिवेणी गाउँपालिका–३ निवासी मदन पुन रहेका छन्।घटनामा सोही ठाउँका १८ वर्षीय सुनिल थापासमेत घाइते भएका छन्।
पहिरोका कारण उनको बायाँ हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।थापाको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था र घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।