२० भदौ काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलांगमाथि चाँडै हमला गर्न सक्ने बताएका छन् ।बीबीसीका अनुसार शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नतान्ज परमाणु संयन्त्रनजिक रहेको कलांग पर्वतमा गहिरा सुरुङसहितको किल्लाबन्द सैन्य संरचना रहेको बताए ।इरानसँग जारी अमेरिकी सैन्य कारबाहीलाई ट्रम्पले ‘युद्ध’ नभई ‘सैन्य संघर्ष’ भन्दै अमेरिकाका लागि यो ठूलो विषय नभएको दाबी गरे ।
उनका अनुसार इरानसँगको संघर्षमा अमेरिकाले १८ जना गुमाएको छ ।ट्रम्पले विगतको भियतनाम युद्धसँग तुलना गर्दै भने, ‘भियतनाममा हामीले एक लाख मानिस गुमाएका थियौँ ।’ उनले यसअघि भेनेजुएलामा गरिएको अमेरिकी कारबाहीमा भने कुनै अमेरिकी सैनिकको मृत्यु नभएको दाबी गरे ।यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा महिनौँदेखि जारी अमेरिकी सैन्य कारबाहीलाई युद्ध नभई ‘सैन्य संघर्ष’ भन्नुपर्ने बताएका थिए ।