२० भदौ काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग एनभिएलमा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको हो ।सगरमाथाले पहिलो, दोस्रो र चौथो सेट क्रमशः २५–२१, २५–२१ र २५–१५ ले जित्दा तेस्रो सेट मधेशले २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।