२० भदौ काठमान्डौ । जनता समाजवादी पार्टी जसपा नेपाल लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरू पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका छन् ।कारबाहीमा पर्नेमा सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् ।ललितपुरको बालकुमारीमा तीन दिन चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेको भन्दै चारजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।पार्टी केन्द्रको निर्णय विपरीत उनीहरू प्रदेश सरकारमा सहभागी भएका थिए ।