झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ रिलिज

झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ रिलिज

१९ भदौ काठमाडौं । असोजको २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज सार्वजनिक गरिएको छ ।गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडा प्रस्तुत गरिएको छ ।

बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु केकी अधिकारी र आँचल शर्माको झगडा प्रस्तुत गरिएको छ ।यो फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन् ।