‘रत्यौली’को छायांकन सुरु

‘रत्यौली’को छायांकन सुरु

१७ भदौ काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।नाइटेङ्गल इन्टरटेनमेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती, कल्पना थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्मका निर्माता सुरज आचार्य हुन् ।

हरि हुमागाँई र उत्तम हुमागाँइको डीओपी रहने फिल्मका मुख्य सहायक निर्देशक सुनिल निउरे हुन् ।दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ ।