१७ भदौ काठमाडौँ। भारतले अफगानिस्तानविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ।युवा ओपनर वैभव सूर्यवंशीले लगातार चौथो सिरिजमा भारतीय टोलीमा स्थान बनाएका छन्। श्रेयस अय्यरलाई कप्तानको जिम्मेवारी दिइएको छ।विकेटकिपरका रूपमा सञ्जु सामसन र ईशान किशन टोलीमा छन्।
सिरिजको पहिलो खेल सेप्टेम्बर १३ मा हुनेछ। सिरिजका सबै खेल नयाँदिल्लीस्थित अरुण जेटली स्टेडियममा खेलाइनेछन्।वैभव सूर्यवंशी पहिलोपटक आयरल्यान्ड भ्रमणका लागि भारतीय टोलीमा परेका थिए। त्यतिबेला उनले डेब्यु गर्ने मौका पाएनन्।इंग्ल्यान्डविरुद्धको सिरिजबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका वैभवले त्यसपछि जिम्बाब्वे भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज बनेका थिए।